हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल   « Khabarhub

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११:५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा अवतरणका क्रममा असामान्य अवस्थाको सामना गर्दै दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ ।

काठमाडौंबाट बेलाबेंशीतर्फ पुगेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षतिको जानकारी प्राप्त नभएको कम्पनीले जनाएको छ।

कम्पनीले घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ। कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले प्रारम्भिक छानबिन थालिएको बताएका छन् ।

यसैबीच उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एकजना घाइतेलाई  लिएर काठमाडौं फर्किँदै छ । 

अन्य चार यात्रुको अवस्था सामान्य रहेको जानकारी खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली