सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने « Khabarhub

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला हल र विदेशी सेमिनारभन्दा जनताको घरदैलो, गाउँ–टोल र चिया चौतारोमै सक्रिय देखिन आग्रह गरेका छन्।

पार्टीले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम समापन गर्दै उनले जनताको मतबाट निर्वाचित प्रतिनिधि भएकाले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने बताए। जनताले दुःख पाउँदा त्यसको जिम्मेवारी सम्बन्धित सांसदले लिनुपर्ने उल्लेख गर्दै उनले आफूलाई सुखका लागि नभई सेवा गर्न पठाइएको स्मरण गराए।

‘ठूलाठूला कार्यक्रम र विदेशी सेमिनारतिर होइन, आफ्नै निर्वाचन क्षेत्रका गाउँ–बस्ती र चिया चौतारामा सांसदहरूलाई देख्न चाहन्छु,’ उनले भने।

सांसद पदले मात्रै ज्ञान नदिने भन्दै उनले निरन्तर अध्ययन र आत्मविकास आवश्यक रहेकोमा पनि जोड दिए।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ५९ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु