अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ « Khabarhub

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारलाई काम गर्न समय दिनुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमतसहित चुनाव जितेपछि सरकार कसरी चलाउने भन्ने जिम्मेवारी उनीहरूकै भएको उल्लेख गरेका छन्।

बास्कोटाले नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिनासम्म अन्य पक्षबाट टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।

उनले जनता सधैँ साझा रहने उल्लेख गर्दै यसपटक भने रास्वपालाई रोजेको बताए । यसरी मतदाताले रास्वपाको वाचा पत्याएको टिप्पणी गर्दै उनले अब सरकारलाई काम गर्न दिनुपर्ने बताएका छन्।

उनले अनावश्यक आलोचना र खिचातानी नगर्न आग्रह गर्दै सरकारलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

‘रास्वपाले चुनाव जित्यो । चलाउँछन कसरी ? त्यो उनीहरूकै कुरा हो। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो’, उनी भन्छन्, ‘जनता साझा थिए, छन र हुने नै छन्। फरक कति मात्र हो भने आमजनताको रोजाइमा यसपल्ट उनीहरू परे, अझै यसो भनौँ, उनीहरूका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने ।’


प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ०२ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति