भारतले जारी गर्‍यो आफ्नो देशको नयाँ नक्सा, पाकिस्तान रुष्ट | Khabarhub Khabarhub

भारतले जारी गर्‍यो आफ्नो देशको नयाँ नक्सा, पाकिस्तान रुष्ट


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको छ । जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले शनिवार पहिलोपटक नयाँ नक्सा जारी गरेको हो ।

यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो । भारतको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला करगिल र लेह हुने बताएको छ । बाँकी २६ जिल्ला जम्मू-कश्मीरमा रहनेछन्।

यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् ।

भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू-कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ।

५ अगष्ट २०१९ मा भारतीय संसद्‍मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो ।

संसद्‍पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू-कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए । सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए ।

सन् २०१९ मा सरकारले जम्मू-कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्‍याएका थिए । नयाँ नक्शाबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छ्न् ।

यसैबीच, भारतले जारी गरेको मुलुकको नयाँ मानचित्रप्रति छिमेकी मुलुक पाकिस्तानले आपत्ति जनाएको छ ।

भारतले जारी गरेको नयाँ नक्सामा केन्द्र शासित दुवै प्रदेशमातहका गिलगित-बाल्टिस्तान तथा पाक प्रशासित कश्मीरको केही क्षेत्रसमेत परेको भन्दै पाकिस्तानले उक्त नक्सा खारेज गरेको छ ।

पाकिस्तानले यसलाई गलत, कानुनी रुपमा अपुष्ट, अमान्य तथा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको पूर्ण उल्लंघन भएको जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १५ बजे

लालकुमारको घर बनाउन मुख्यमन्त्री बानियाँले दिए २ लाख

हेटौंडा– मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित

हरिवंशलाई हाँस्य भूमिकामा राखेर फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक

काठमाडौं – असोज १३ अर्थात् फूलपातीलाई प्रदर्शन मिति तोकिएको फिल्म

दयाहाङकी हुन नसकेकी ‘मैया’ फिल्ममा सँग-सँगै

काठमाडौं – नायिका रिश्मा गुरुङ बितेका ७ वर्ष फिल्मको पर्दाबाट

प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक

लेखजंगको बहुविवाह : छोडपत्रको प्रमाण नदिए रास्वपाले टिकट खोस्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ का को