भारतले जारी गर्‍यो आफ्नो देशको नयाँ नक्सा, पाकिस्तान रुष्ट « Khabarhub

भारतले जारी गर्‍यो आफ्नो देशको नयाँ नक्सा, पाकिस्तान रुष्ट


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको छ । जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले शनिवार पहिलोपटक नयाँ नक्सा जारी गरेको हो ।

यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो । भारतको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला करगिल र लेह हुने बताएको छ । बाँकी २६ जिल्ला जम्मू-कश्मीरमा रहनेछन्।

यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् ।

भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू-कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ।

५ अगष्ट २०१९ मा भारतीय संसद्‍मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो ।

संसद्‍पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू-कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए । सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए ।

सन् २०१९ मा सरकारले जम्मू-कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्‍याएका थिए । नयाँ नक्शाबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छ्न् ।

यसैबीच, भारतले जारी गरेको मुलुकको नयाँ मानचित्रप्रति छिमेकी मुलुक पाकिस्तानले आपत्ति जनाएको छ ।

भारतले जारी गरेको नयाँ नक्सामा केन्द्र शासित दुवै प्रदेशमातहका गिलगित-बाल्टिस्तान तथा पाक प्रशासित कश्मीरको केही क्षेत्रसमेत परेको भन्दै पाकिस्तानले उक्त नक्सा खारेज गरेको छ ।

पाकिस्तानले यसलाई गलत, कानुनी रुपमा अपुष्ट, अमान्य तथा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको पूर्ण उल्लंघन भएको जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १५ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा