माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू) « Khabarhub

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगी गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै  सहकारी पीडित बचतकर्ता राष्ट्रिय महांसंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगी गर्नेलाई दण्ड हुने कानुन बनोस्, पीडितलाई फुटाउने षडयन्त्र नगरियोस्, विगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बिचकर्ताको पैसा फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न अव बन्ने नयाँ सरकार गम्भीर हुनुपर्ने बताए । 

सय दिन भित्र बचतकर्ताको रकम फिर्ता गराउने रास्वपाको प्रतिबद्धता अव पुरा हुनुपर्ने भन्दै उनले आफूहरूको मागका बारेमा ध्यानाकर्षण गराउन प्रदर्शनमा आएको बताए । 

उनले यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले अव नयाँ सम्झौता भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्नेमा आफूहरूको जोड रहेको धारणा राखे।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : २० बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६