गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार « Khabarhub

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

गाजा शान्ति योजनामा अन्योल


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको १५ बुँदे गाजा शान्ति योजनालाई अस्वीकार गरेका छन्। हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान नेतन्याहूले स्पष्ट पारेका हुन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्ने निर्णय गरेको बताए। “हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेनाले कुनै पनि फिर्ता प्रक्रिया अघि बढाउने छैन। हाम्रा सेना र नागरिकमाथि हुने खतरालाई विफल पार्न सैन्य कारबाही जारी रहनेछ,”नेतन्याहूले भने।

ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहहरूको “पूर्ण निशस्त्रीकरण”का लागि सहमति जुटेको दाबी गरेको थियो। तर हमासले भने इजरायलले आफ्ना सबै प्रकारका आक्रमण बन्द गरी गाजाबाट सेना फिर्ता बोलाएमा मात्र भारी हतियार बुझाउने सर्त राख्दै आएको छ। गत अक्टोबरमा प्रारम्भिक युद्धविरामको सहमति भएयता पनि इजरायलले गाजामा लगातार हवाई हमला जारी राखेको छ।

अर्कोतर्फ, हमासका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै आफूहरू सहमतिप्रति प्रतिबद्ध रहेको र १५ बुँदे योजना कार्यान्वयनका लागि गम्भीरतापूर्वक अघि बढ्न तयार रहेको बताएका छन्। उनीहरूले मध्यस्थकर्तालाई सहमति पालना गराउन आग्रहसमेत गरेका छन्।

गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको गाजा शान्ति योजनामा ‘बोर्ड अफ पिस’को गठन, हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ता र गाजाको पुनर्निर्माणजस्ता विषय समेटिएका थिए। नेटान्याहुको यो पछिल्लो अभिव्यक्तिले अमेरिकी प्रयासमा पुनः ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : २९ बजे

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप