कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या « Khabarhub

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् ।

गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन’, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ । (रासस)

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १० : २० बजे

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म