पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते « Khabarhub

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । 

सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका–५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो ।

गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । 
 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ४ : ०२ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।