शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा « Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। तदनुसार सन् २०२६ मार्च २० तारिख। विश्व मुख स्वास्थ्य र अन्तर्राष्ट्रिय खुशी दिवस आज परेका छन्।

हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यिनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनुपर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : २६ बजे

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको

फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने

एजेन्सी– फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू