खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल « Khabarhub

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ । 

हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए । 

उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल मौज्दात रहेको छ । यसै वर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि भण्डारणमा छ ।

गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्य भइरहेको छ । कर्णाली प्रदेशका जिल्लाबाट माग भई आएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने कार्य गरिरहेको छ । यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रतिक्विन्टल ५०० देखि ६०० सम्म मूल्य घटेर आएको खाद्य कम्पनीका प्रमुख लामिछानेले बताए।

उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकाले स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको बताए। कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु र जाजरकोटमा रहेका खाद्यका डिपोमा अहिले पर्याप्त चामल रहेकाले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परे तत्काल पठाउनेगरी मौज्दात राखिएको लामिछानेको भनाइ छ । 

बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आए पनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो । 

यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ मा खरिद गर्नेगरी मूल्य तोकेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : ५५ बजे

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक