बंगलादेशले पहिलोपटक टी–२० क्रिकेटमा भारतलाई हरायो « Khabarhub

बंगलादेशले पहिलोपटक टी–२० क्रिकेटमा भारतलाई हरायो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मुसाफिर रहीको शानदार प्रदर्शपछि बंगलादेशी क्रिकेट टीमले सिरिजको पहिलो टी २० प्रतिस्पर्धामा भारतीय टीममाथि सहज जीत दर्ता गरेको छ ।

बंगलादेशले पहिलो पटक कुनै टी–२० खेलमा भारतीय टीमलाई हराएको हो ।

आइतवार भारतको राजधानी दिल्लीमा खेलिएको खेलमा भारतीय खेलाडीको प्रदर्शन निरासाजनक रह्यो ।

भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे ।

कप्तान महमदउल्लाह १५ रनमा अविजित रहे । भारतका दिपक चाहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए । श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए ।

यस्तै कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा कुर्नाल पाण्डयले अविजित १५ रन जोडे ।

बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २र२ विकेट लिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : २४ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।