काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको छ।
बैठकमा दुई दिनअघि सभापतिबाट राजीनामा दिएका गगनकुमार थापा अनुपस्थित छन् ।
गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।
चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बसेको हो । पार्टी सभापति थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठकमा उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा बसेको हो ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका थिए । सभापति थापाको राजीनामा पत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुँदै छ ।
उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । यद्यपि बैठकमा छलफल गरेपछि यो विषयमा कांग्रेसले निर्णय लिने भएको छ ।
विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले पहिलो पटक गर्दैछन् ।
उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा गर्देछ । निर्वाचनको विषयमा गहन समीक्षा हुने बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका छन् ।













प्रतिक्रिया