महराको थुनछेक बहस आजपनि « Khabarhub

महराको थुनछेक बहस आजपनि


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस आजपनि हुनेछ । आइतवार थुनछेक बहस नसकिएपछि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आइतवार शुरु भए पनि बहस नसकिएका कारण हेर्दाहेर्दैमा सोमबार(आज) का लागि तय भएको हो ।

काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आज वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । सरकारी पक्षबाट चार जनाले बहस गगरेका थिए ।

निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार र आइतवारका लागि थुनछेक बहस हुने तय भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको हो ।

महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बहस सकिएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : १९ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको