नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक « Khabarhub

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा आंशिक रोक लगाइएको हो ।

नारायणघाट–बुटवल सडक आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालका अनुसार आज दिउँसोदेखि परेको वर्षाले दाउन्ने खण्डको सडक चिप्लो भई विशेषगरी ठूला मालवाहक सवारीसाधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि सडक जाम कम गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी सञ्चालनमा आंशिक रोक लगाउने निर्णय गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई मध्यनजर गर्दै आजदेखि चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोक्ने निर्णय गरिएको छ ।

सूचना अधिकारी खनालका अनुसार साना तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ । सो क्षेत्रमा सडक मर्मतसम्भारको काम भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको उहाँले बताउनुभयो । योजना कार्यालयले यस अवधिमा सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : २५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई