छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने « Khabarhub

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

गत माघ महिनामा हिउँ परेका र विद्यालय सञ्चालन हुन नसकेका डोल्पा, हुम्ला, जुम्ला तथा मनाङमा खोप अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार खोप अभियानको आवश्यक तयारी गर्न ती जिल्लामा निर्देशन र स्वास्थ्यकर्मीलाई पनि तालिम दिइसकिएको छ ।

गत माघ २५ देखि फागुन १५ गतेसम्म कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइएको थियो । यसैगरी, कक्षा ७ देखि १० सम्मका बालबालिका तथा ११ देखि १४ वर्षका विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइएको थियो ।

खोप शाखा प्रमुख डा गौतमले अभियानका क्रममा ७३ जिल्लाका तीन लाख २३ जना किशोरीलाई एचपिभी खोप लगाइएको बताए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले सरकारले त्यसविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १० : ३५ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको