कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार फेरि बस्दैछ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणाम र कांग्रेस सभापति गगन थापाको राजीनामा बैठकका प्रमुख एजेन्डा रहेका छन् । शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसँगै २७ बुँदामा चुनावको समीक्षा गरेको प्रतिवेदन पेश गरेका छन् ।

सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले ‘स्थिति सम्हाल्ने प्रधान नैतिक दायित्व’ भन्दै त्यसलाई अस्वीकृत गरेको छ।

कांग्रेसले यसअघि २०७९ मा गरिएको माओवादीसहितको गठबन्धन र २०८१ असार १७ गतेपछि एमालेसँग गरिएको सरकारी गठबन्धन दुवैले घाटा गरेको जनाएको छ।

‘संसद् जोगाउन बनेको गठबन्धनलाई चुनाव जित्न प्रयोग गरियो । त्यसका कारण पार्टी कार्यकर्ता र जनता दुवै असन्तुष्ट भए’, उपसभापति शर्माको प्रतिवेदनमा भनिएको छ ।

‘नेकपाको आन्तरिक द्वन्द्वका कारण विघटित प्रतिनिधिसभा जोगाउन कांग्रेसले अग्रसरता लिएको थियो। यो बाध्यता र आवश्यकता दुवै थियो’, शर्माले भनेका छन्, ‘तर त्यही गठबन्धनलाई चुनाव जित्न प्रयोग गरिएपछि पार्टीभित्र चरम असन्तुष्टि र जनतामा ‘गठबन्धन’ शब्द नै अलोकप्रिय बन्न पुग्यो।’

उनले उक्त चुनावी गठबन्धन अपारदर्शी ढंगले, महामन्त्री तहमा समेत सल्लाह नगरी रातारात भएको पनि दाबी गरेका छन् ।

कांग्रेसको प्रारम्भिक चुनावी समीक्षाले एमालेसँगको गठबन्धनलाई फागुन २१ मा पराजयको एउटा प्रमुख कारण ठानेको छ।

‘दुई ठूला दल मिलेर सरकार बनेपछि जनतामा ‘ब तीव्र विकास हुन्छ’, भन्ने अपेक्षा बढ्यो, तर सरकारको प्रस्तुति औसत रह्यो’, प्रतिवेदनमा भनिएको छ, ‘२०८१ असार १७ गतेको ७ बुँदे सम्झौतामा संविधान संशोधन, प्रदेश अधिकार, शिक्षा विधेयक, निजामती विधेयक जस्ता विषय उल्लेख थिए, तर संविधान संशोधन कार्यदलसमेत गठन भएन।’

पछिल्लो पटक सामाजिक सञ्जाल विधेयक जस्ता संवेदनशील विषय गठबन्धनको सहमतिबिना नै दर्ता हुँदा जनतामा रोष बढेको प्रतिवेदनमा भनिएको छ।

शुक्रबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, प्रदेश सभापति उद्धव थापा (कोशी) र अमरसिंह पुन (लुम्बिनी) ले धारणा राखिसकेका छन् ।

आजको बैठकमा थप नेताले धारणा राख्नेक्रमले निरन्तरता पाउने छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ५५ बजे

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच