प्रियंका गान्धीको फोन ह्याक, मोदी सरकारले जासूसी गरेको कांग्रेसको आरोप « Khabarhub

प्रियंका गान्धीको फोन ह्याक, मोदी सरकारले जासूसी गरेको कांग्रेसको आरोप


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको फोन ह्याक गरिएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठेको छ ।

आइतवार भारतीय कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै मोबाइल ह्याक भएको र फोनमा ह्वाट्सएपले ह्याक भएको म्यासेज पठाएको थियो । त्यस समय पार्टी महासचिव प्रियंका गान्धी वान्ड्राको पनि ह्वाट्सएपको माध्यमबाट यस्तो म्यासेज आएको थियो ।

हालै फेसबुकको स्वामित्व वाला मेसेजिङ एप ह्वाट्एपले बताएको थियो कि इजरायलमा बनेको एक स्पाइवेयरबाट दुनियभरका १ हजार ४ सय मानिसलाई निशाना बनाएको थियो जसमा भारतीय पत्रकार तथा मानवअधिकारकर्मी पनि थिए ।

ह्वाट्सएपले ति मानिसलाई म्यासेज पठाएको थियो जसको फोन पेगासस नामको जासूसी सफ्टवेयरबाट ह्याक हुने आशंका छ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पनि ह्वाट्सएपले यस्तै खालको म्यासेज प्रियंका गान्धीलाई पठाएको बताए ।

आइतवारको पत्रकार सम्मेलनमा सुरजेवालाले सरकार यो प्रकरणमा सहभागी भएको आरोप लगाए ।

उनले केन्द्र सरकार र भारतीय जना पार्टीमाथि जासूसीको आरोप लगाए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : २४ बजे

हर्कको पार्टीमा खैलाबैला : धरानको मेयर बनाउँछु भनेर धोका दिएको गुनासो, केन्द्रीय सदस्यसहित पाँचजनाको राजीनामा

काठमाडौं- आगामी निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारीलाई लिएर विवाद

दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा रहेको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

काठमाडौं- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले