किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ? « Khabarhub

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र पुललाई निसाना बनाउँदै बमबारी तीव्र पारेको छ । लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिणी लेबनानका अत्यावश्यक सुविधामाथि इजरायलले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

राष्ट्रपति आउनका अनुसार इजरायलले विशेषगरी लितानी नदीमाथिको कासमिया पुल र अन्य रणनीतिक पुलहरूलाई ध्वस्त पारेको छ । उनले यी आक्रमणलाई लेबनानी नागरिकमाथिको ‘सामूहिक सजाय’ को संज्ञा दिएका छन् ।

बीबीसीका मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार इजरायलले लेबनानका पुललाई लक्षित गर्नुका पछाडि सैन्य रणनीति लुकेको छ । इजरायलले यी पुल ध्वस्त पारेर दक्षिणी लेबनानलाई देशको अन्य भागबाट अलग्याउन र हिजबुल्लाहको सैन्य आपूर्ति शृङ्खला तोड्न खोजेको विश्लेषण गरिएको छ ।

विशेषगरी लितानी नदीमाथिका पुल भत्काइँदा हिजबुल्लाहका लडाकु र हतियार ओसारपसारमा अवरोध पुग्ने इजरायली दाबी छ।

यद्यपि, यी पुलहरू भत्किँदा खाद्यान्न, औषधि र मानवीय सहायता सामग्री ढुवानीमा समेत गम्भीर असर परेको छ, जसले गर्दा दक्षिणी लेबनानमा मानवीय सङ्कट थप गहिरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ४२ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई