क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा दुई जना पाइलटको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्। विमान लगुयार्डिया विमानस्थलमा दुर्घटनामा परेको हो।
एयरलाइन्सले दिएको जानकारीअनुसार उक्त विमानमा ७२ जना यात्रु र ४ जना चालकदल सदस्य सवार थिए। यो उडान ज्याज एभिएशनद्वारा एयर क्यानाडाको तर्फबाट सञ्चालन गरिएको थियो ।
उक्त विमान क्यानडाको मोन्ट्रियलस्थित मोन्ट्रियल पिएर्रे इलियोट ट्रुदेयु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।
घटना आइतबार राति करिब ११:४० बजे भएको हो, जहाँ एक यात्रुवाहक जेट विमान र अर्को पोर्ट अथोरिटीको दमकल ठोक्किएका थिए। त्यसपछि विमानस्थल औपचारिक रूपमा बन्द गरिएको थियो ।
प्रत्यक्षदर्शीहरूले खिचेका र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा विमानको अगाडिको भाग गम्भीर रूपमा क्षतिग्रस्त देखिएको छ। तस्वीरहरूमा रनवेमा आपतकालीन सवारी साधनबीच फ्लडलाइटको उज्यालोमा रहेको क्षतिग्रस्त विमान पनि देखिन्छ।
यात्रु र विमानस्थलका कर्मचारीहरूले घटनास्थलको अवस्था अत्यन्त अस्तव्यस्त रहेको बताएका छन्। रिपोर्टअनुसार विमानस्थल सोमबार दिउँसो २ बजेसम्म बन्द छ। जसले न्यूयोर्क सहरको व्यस्त विमानस्थलमध्ये एकमा यात्रुहरूलाई ठूलो समस्या पर्नेछ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोहरूमा उद्धार भइरहेको देखिन्छ। एक भिडियोमा विमानको अगाडिको भाग केही माथि उठेको अवस्थामा यात्रुहरू बाहिर निस्किरहेको दृश्य पनि देखिएको छ।













प्रतिक्रिया