काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेस सह–महामन्त्री डिला संग्रौलाले सभापति थापाको उपस्थितिमा निर्वाचनको गम्भीर समीक्षा गर्न लागिएको खबरहबलाई जानकारी दिएकी छन् ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी गत लिँदै बुधबार उनले सभापति पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमति बैठकले अस्वीकार गरेको छ।
पार्टी अफ्ठ्यारो अवस्थामा भएको समयमा भ्याकुम राख्न नहुने भन्दै शुक्रबार बसेको बैठकमा उनको राजीनामा अस्वीकृतको प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले ल्याएका थिए । त्यसपछि आइतबारको बैठकले थापाको राजीनामा अस्वीकृत गरिसकेको छ।
फागुन २१ को निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न बसेको उक्त बैठकले आइतबार १२ घण्टा लामो छलफपछि थापाको राजीनामा अस्वीकृत गरेको हो ।
केन्द्रीय र्कासमितिको उक्त निर्णयपछि थापाले मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा सम्बोधन गर्ने तालिका रहेको उनका सचिवालय सदस्य युवराज पाण्डेयले बताए ।
‘उहाँ (सभापति)ले भोलि निर्वाचन समीक्षासहित, कांग्रेस सुदृढीकरणका लागि चाल्न सकिने आगामी बाटोबारे प्रस्ताव गर्ने तयारी छ,’ उनले भने ।
यस्तै उक्त बैठकले सम्भवतः पन्ध्रौ महाधिवेशनको मितिसमेत तय गर्ने उनले बताए । चुनावी पराजयसँगै तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष आक्रमक देखिएर समानान्तर गतिविधि गरेको अवस्थामा गगनले बैठकमा सम्बोधन गर्न लागेका हुन् ।













प्रतिक्रिया