राजश्व छलि गर्नेविरुद्ध ५६ लाख ६० हजार बिगो दाबी गर्दै मुद्दा दर्ता « Khabarhub

राजश्व छलि गर्नेविरुद्ध ५६ लाख ६० हजार बिगो दाबी गर्दै मुद्दा दर्ता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राजस्व अनुसन्धान विभागले भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध ५६ लाख ६० हजार बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

भारतीय मालवाहक ट्रकमा लुकाइछिपाइ विल विजक तथा पैठारी गरेको भन्सार प्रज्ञापन पत्र र महसुल तिरेको प्रमाणसमेत नभएको अवस्थाका २४ पोका कपडा फेला परेको थियो । उक्त घटनामा भारतको मोतिहारीका सञ्जयकुमार सिंह र विहारका राजेशकुमार श्रीवास्तव, वीरगञ्ज महानगरपालिका–२ का आलोक जैसवाल तथा वडा नं ११ श्रीपुर बस्ने भन्सार एजेन्ट नन्दकिशोर मल्लको समेत मिलेमतो रहेको पाइएको विभागले जनाएको छ ।

उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिक हदैसम्मको जरिवाना तथा कैद सजायको मागदावी लिई पर्सा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।

यसैबीच भारतका रितेशकुमार मधेसियासमेतलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा रु ३३ करोड ३२ लाख विगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा चलाइएको समेत विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ०२ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको