महरामाथिको थुनछेक बहस– सोमबार २९ जना कानून व्यवसायीले बहस गर्दै « Khabarhub

महरामाथिको थुनछेक बहस– सोमबार २९ जना कानून व्यवसायीले बहस गर्दै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथि दोस्रो दिनको थुनछेक बहस शुरु भएको छ ।

आइतबारदेखि बहस शुरु भएकोमा महराको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुको संख्या धेरै भएका कारण मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार करिब ३३ जना कानून व्यवसायीले प्रतिवादी (महरा)को पक्षबाट बहस गर्न वकालतनामा दर्ता गराएका छन् ।

जसमध्येका ४ जनाले आइतबार नै बहस गरिसकेका कार्कीले जनाए ।

‘आइतबार ४ जनाको तर्फबाट १ जनाले बहस गर्नुभयो,’ कार्कीले भने, ‘वकलतनमा लेखाउनुभएकोमध्ये अझै २९ जनाजतिले बहस गर्नुपर्ने बाँकी छ ।’

वकालतनामा दर्ता गराएका सबै जनाले बहस गरे सोमबार पनि थुनछेक आदेश हुने सम्भावना कम रहेको कार्कीले बताए ।

‘वकालतनामा लेखाउनुभएका सबैले बहस गर्नुभएमा आज (सोमबार) पनि बहस सकिने सम्भावना कम छ,’ कार्कीले भने ।

संघीय संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन् ।

महिलोको ‘उजुरी’पछि झन्डै १ महिना लगाएर प्रहरीले महराविरुद्ध अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो ।

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष कैद र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ५० बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न