काठमाडौं–जाडो मौसममा हाम्रो शरीरले न्यानोपनको खोजिरहेको हुन्छ । जाडोमा चिसो हुने भएकाले धेरैले आफ्नो नियमित व्यायाम नै गर्दैनन् ।
जाडोको समयमा शरीरि निस्क्रिय भएमा हृदयघात अर्थात हार्ट अट्याकको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । मुटु संवेदनशील अंग हो । मुटुमा चिसोका कारण संक्रमण बढ्न सक्छ ।
जाडोको समयमा शरीरको नशाहरु साँघुरिने हुन्छन् । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ । यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ । पछिल्लो समयमा मानिसहरुमा हार्टअट्याकको समस्या बढेको पाइन्छ ।
हार्टअट्याकका कारण
– निस्क्रिय जीवनशैली,
– शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु,
– उच्च रक्तचाप,
– मोटोपना ,
– सुर्तिजन्य पदार्थको प्रयोग,
–धुम्रपान र अत्याधिक मदिरा सेवन,
– वंशाणुगत गुण,
– अस्वस्थ्यकर खानपान,
– मानसिक तनाव
हार्ट अट्याकबाट बच्न यस्तो गर्नुस्
– उच्च रक्तचाप, माटोपना र सुगरलाई नियन्त्रण गर्ने,
– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने,
– छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने,
– तनावबाट मुक्त रहने,
– समय–समयमा मुटु परीक्षण गराउने,
–सक्रिय जीवनशैली अपनाउने,
–स्वस्थकर खानपानमा ध्यान दिने ।
प्रतिक्रिया