गण्डकीमाथि बागमती प्रदेशको शानदार जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको विशाल योगफल बनाएको थियो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो । 

गण्डकी ३१.५ ओभरमा मात्र १२४ रनमा अलआउट भयो । उसका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय साथ दिन सकेनन् । बलिङतर्फ बागमतीका रिजन ढकालले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र ईशान पाण्डेले समान  २–२ विकेट लिँदा दयानन्द मण्डल र सुबास खत्रीले समान १–१ विकेट लिए ।

त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीको लागि ईशान पाण्डे उत्कृष्ट प्रदर्शन गर्दै ६१ बलमा सर्वाधिक ७१ रन जोडे । त्यस्तै अशुतोष घिरैयाले ५९ रनको योगदान  दिए । शुभ कङ्साकारले ४४ रन बनाए ।  कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : २३ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र