प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ « Khabarhub

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । 

उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ र २४ को घटनाको छानबिन रहेकाले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुले विभिन्न आशंका र उपशङ्का जन्मिएको बताए ।

पौडेलले भदौ २३ र २४ गतेको घटनामा आयोगले गहिराइमा पुगेर छानबिन गरेको विश्वास व्यक्त गर्दै छानबिन गर्दा दोषी देखिएकालाई कारबाही गर्नुपर्ने धारणा राखे । उनले प्रतिवेदनका विषयमा अनुमान गर्ने परिस्थिति नबनाउन आग्रह समेत गरे ।

त्यसैगरि महामन्त्री पौडेलले भ्रष्टाचार अन्त्य, सुशासनका साथै विद्यमान कानुनहरूलाई संशोधन गर्नका लागि नयाँ बन्ने सरकारलाई पूर्णरुपमा सहयोग हुने बताए । 

उनले लिपुलेक, लिम्पियाधुराका विषयमा राज्यले कूटनीतिक प्रयास गरेर दीर्घकालीन रुपमा नै समाधान खोज्नुपर्ने धारणा समेत राखे । 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ११ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको