आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन « Khabarhub

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट निस्कने क्रममा आफूलाई दिइएको पत्र तयार पार्ने क्रममा आफ्नो सहभागिता नभएको बयान दिएको खुलेको छ । 

उनले जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगसमक्ष दिएको बयानमा कारागारबाट प्राप्त पत्रमा हस्ताक्षर गर्ने र लेखन गर्ने प्रक्रियामा आफ्नो सहभागिता नभएको बताएका हुन् ।

‘कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भिडले मलाई कारागार बाहिर लगे’, उनले भनेका छन्, ‘पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन पक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जबाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

तर, लामिछाने जेलबाट बाहिरिएको केही दिनमा नै नख्खु कारागारले सूचना निकालेर सभापति लामिछानेलाई आत्मसमर्पण गर्न भनेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ३७ बजे

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित