आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ « Khabarhub

आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीता कुमारी शाहले प्रहरीलाई बचाउन खोज्दा आफूलाई आगो लगाएर घाइते बनाएको बयान दिएकी छन् । 

आन्दोलन सम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको छानबिन समितिलाई दिएको बयानमा शाहले भनेकी छन् म कोटेश्वर चोकस्थित घडी पसलबाट फर्कँदै थिएँ । 

सोही क्रममा प्रहरी हवलदार चिज कुमार कुमाललाई आन्दोलनकारीहरूले चारैतर्फबाट घेरा हाली धारिलो हतियार, इँटा–ढुंगा, लाठी तथा लात–मुक्काले प्रहार गरी मार्ने प्रयास गरिरहेको देखेँ । निजलाई बचाउनका लागि म उनको नजिक गई सहयोग गर्ने प्रयास गर्दा मलाई समेत कुटपिट गरियो । 

आफूले नहान नपिट भन्दै रोक्ने प्रयास गर्दा प्रहरी हवलदार चिज कुमार कुमाल मलाई बचाउनुहोस् भन्दै आफ्नो नजिक आएर लुक्न खोज्दा आन्दोलनकारीहरूले यसलाई जसरी भए पनि मार्नुपर्छ पेट्रोलजस्तो ज्वलनशील तरल पदार्थ हामी दुवैमाथि छ्यापेर आगो लगाएको बयान दिएकी छन् । 

आगोले मेरो शरीरका कपडाहरू जलेपछि म आत्तिँदै हारगुहार गर्दै कपडा खोलेँ । त्यसपछि मलाई कान्तिपुर अस्पताल लगिएको थाहा भयो। त्यसपछि म बेहोस भएँ । पछि मलाई काठमाडौं मेडिकल कलेजमा लगेर उपचार गरिएको हो ।

बयानमा उल्लेख भए अनुसार उक्त घटनामा शाहको शरीरको करिब ४० प्रतिशत भाग जलेको छ । विशेष गरी दाहिने हातदेखि काँधमुनि हुँदै खुट्टाको पैतालासम्म गम्भीर रूपमा जलेकोले हालसम्म पनि उपचाररत रहेकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ४८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड