हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड « Khabarhub

हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा भने संलग्नता नभएको बताएका छन् । 

जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरीबहादुर कार्कीसमक्ष बयान दिँदै उनले आफ्नो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुन विपरित क्रियाकलापमा संलग्न भएको प्रमाणित भएमा कारबाही भोग्नुपर्ने आफ्नो धारणा समेत राखेका हुन् ।

प्रचण्डले आफ्नो काठमाडौंमा घर नभएको, भाडाको घरमा बस्दै आएको छोरी गंगा दाहालको घरमा भेटिएको भन्ने प्रचार निराधार भएको बयान आयोगसमक्ष दिएका छन् । साथै, उनले भदौ २३ गतेको आन्दोलनमा युवाहरूको आक्रोश देखिएको र २४ गतेको घटनामा आन्तरिक तथा बाह्य घुसपैठको सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ४७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले