हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड « Khabarhub

हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा भने संलग्नता नभएको बताएका छन् । 

जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरीबहादुर कार्कीसमक्ष बयान दिँदै उनले आफ्नो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुन विपरित क्रियाकलापमा संलग्न भएको प्रमाणित भएमा कारबाही भोग्नुपर्ने आफ्नो धारणा समेत राखेका हुन् ।

प्रचण्डले आफ्नो काठमाडौंमा घर नभएको, भाडाको घरमा बस्दै आएको छोरी गंगा दाहालको घरमा भेटिएको भन्ने प्रचार निराधार भएको बयान आयोगसमक्ष दिएका छन् । साथै, उनले भदौ २३ गतेको आन्दोलनमा युवाहरूको आक्रोश देखिएको र २४ गतेको घटनामा आन्तरिक तथा बाह्य घुसपैठको सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ४७ बजे

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित