पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ? « Khabarhub

पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ?


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । ८८९ पृष्ठ लामो प्रतिवेदन जनआस्था साप्ताहिकले बुधबार बिहान सबैभन्दा पहिले सार्वजनिक गरेको थियो । 

आन्दोलनका क्रममा प्रभावित बनेका तथा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीको बयान सामेल गरिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राजलक्ष्मी चित्रकारले नियोजित रुपमा आक्रमण गरेको समूहले गोप्य फाइल रहेको आंशकामा कम्युटर फुटाएर हार्डडिस्क चोरी गरेको बताएकी छन् । 

‘सिंहदरबार जस्तो ठाउँमा महत्त्वपूर्ण कागजात, सन्धि कहाँ छ भन्ने थाह भएको मान्छे संलग्न नभई यो कम्प्युटरमा के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ? आगजनी गर्छ ?,’ प्रश्नसहित उनको बयान प्रतिवेदनमा उल्लेख छ । 

आन्दोलनको क्रममा घाइते भएकी उनले तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख रहेका बालेन्द्र शाह लक्षित प्रश्न गर्दै भनेकी छिन,‘ आपराधिक नायक निर्भीक रुपमा हिँडिरहँदा सरकारले किन पक्राउ गर्न सकेको छैन ? उसको घर र नगरपालिका मात्रै किन बच्यो ? अरु सबै जल्ने तर उसको किन नजलेको, उ प्रधानमन्त्री भए पनि सबै जलाउँछ,’ प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : १७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड