२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन « Khabarhub

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगले भदौ २३ गते बानेश्वरमा भएको घटनाको प्रमाण सुरक्षित नभएको उल्लेख गरेको छ ।

खबरहबमा प्राप्त आयोगको प्रतिवेदनमा भदौ २३ गते बानेश्वर क्षेत्रमा सुरक्षा निकायले घातक बल प्रयोग गरेको तर, प्रयोग भएका गोला बारुदको खोका सुरक्षित नरहेको उल्लेख गरिएको छ ।

‘भाद्र २३ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनकारी र सुरक्षा बल बिच भएको भिडन्तमा सुरक्षा निकायबाट घातक बल पनि प्रयोग भएको थियो । घटनापछि प्रमाणको रूपमा त्यहाँ प्रयोग भएका गोला बारुदको खोका समेतको सुरक्षित रेकर्ड राख्नु पर्दथ्यो । तर राखिएको देखिँदैन’, प्रतिवेदनमा उल्लेख छ ।

सो रेकर्ड नहुनुमा २३ गते साँझसम्म बानेश्वर क्षेत्रमा तनावको स्थिति कायम रहेको र २४ गते बिहान संकलन गर्नुपर्नेमा अवस्था नियन्त्रण गर्नु प्राथमिकता रहेको हुनसक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । साथै, सबुद प्रमाण संरक्षण गर्दा प्रहरीले आफूविरुद्ध प्रमाण लाग्ने डरले पनि वास्ता नगरेको हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : ५४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले