अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण « Khabarhub

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता हुन लागेको चर्चा चुलिएको अवस्थामा पाकिस्तानस्थित इरानी राजदूत रेजा अमिरी मुघदमले त्यसबारे स्पष्ट प्रतिक्रिया दिएका छन्।

 अन्तराष्ट्रिय मिडियाहरूले इस्लामिक रिपब्लिक न्यूज एजेन्सीलाई उद्धृत गर्दै राजदूत मुघदमले अमेरिका र इरानबीच हालसम्म कुनै प्रत्यक्ष वार्ता नभएको बताएका छन्। 

उनले भने, ‘अन्य देशहरूले गरिरहेका मैत्रीपूर्ण पहललाई अमेरिका–इरानबीच वार्ता भइरहेको रूपमा बुझ्नु हुँदैन। ती प्रयासहरू केवल तेहरान र वाशिङ्टनबीच सम्भावित संवादका लागि वातावरण बनाउन केन्द्रित छन्, जसले युद्ध अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।’

यसैबीच, समाचार संस्था एपीका अनुसार इरानले अमेरिकाबाट १५ बुँदे प्रस्ताव प्राप्त गरेको छ। उक्त प्रस्तावको उद्देश्य इरान र अमेरिका–इजरायलबीच जारी तनावलाई युद्धविरामतर्फ लैजानु रहेको बताइएको छ। यो जानकारी दुई पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत अमेरिका र इरान सहमत भए पाकिस्तान वार्ताको आयोजना गर्न तयार रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ६ : २३ बजे

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल