विदेश भ्रमणमा जान जनप्रतिनिधबीच गोलाप्रथा | Khabarhub Khabarhub

विदेश भ्रमणमा जान जनप्रतिनिधबीच गोलाप्रथा


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।

विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए।

‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ’, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए। गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन् ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : ०५ बजे

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल

अनेरास्ववियु नयाँ नेतृत्वको लागि मतदान सुरु (तस्बिरहरू)

काठमाडौं– अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ

बजेट अभावमा विद्यालय भवन अधुरो

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको

धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।