भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै « Khabarhub

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका छन् । आफूमाथि लागेको लागूऔषध तस्करीको मुद्दा खारेज गर्ने मागसहित उनी न्यूयोर्कको अदालतमा उपस्थित हुन लागेका हुन् ।

अमेरिकी सेनाले गत जनवरी ३ मा विशेष सैन्य कारवाही गरी उनलाई भेनेजुएलाको राजधानी कराकसबाट नियन्त्रणमा लिएको थियो । बिहीबार हुने सुनुवाइमा ६३ वर्षीय मादुरोसँगै उनकी ६९ वर्षीया पत्नी सिला फ्लोरेस पनि अदालतमा उपस्थित छन् ।

हाल ब्रुकलिनको हिरासतमा रहेका मादुरोले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनले अमेरिकी सेनाले आफूलाई अपहरण गरेको दाबी गरेका छन् ।

मादुरोका वकिलले अमेरिकी सरकारले भेनेजुएलाको सरकारी कोष प्रयोग गर्न रोकेर मादुरोको कानुनी अधिकार हनन् गरेको आरोप लगाएका छन् । न्यायाधीश एल्विन हेलेरस्टाइनले मुद्दाको सुनुवाई मिति तोक्न सक्ने सम्भावना छ ।

भेनेजुएलामा अझै पनि मादुरोको समर्थनमा केही प्रदर्शन र प्रचार भइरहेका छन् । तर, त्यहाँको वर्तमान सरकारमा उनको प्रभाव घट्दै गएको छ ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले मादुरोनिकट रक्षामन्त्री र महान्यायाधिवक्ता लगायतका मुख्य व्यक्तिहरूलाई पदबाट हटाइसकेकी छिन् । उनले पुराना सरकारी संरचनाहरूलाई पनि हेरफेर गरिरहेकी छिन् ।

अमेरिकी अभियोजकहरूले मादुरोमाथि लागूऔषध आतङ्कवाद र अमेरिकामा कोकिन तस्करीको योजना बनाएको गम्भीर आरोप लगाएका छन् । यदि यी आरोपहरू अदालतबाट प्रमाणित भएमा उनलाई जन्मकैदसम्मको सजाय हुन सक्छ ।

सन् २०१३ देखि भेनेजुएलाको नेतृत्व गरेका मादुरो अहिले आफ्नो जीवनकै कठिन कानुनी लडाइँमा छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ३ : ५४ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान