डा केसीको अनसन डडेल्धुराको निजी क्लिनिकमा « Khabarhub

डा केसीको अनसन डडेल्धुराको निजी क्लिनिकमा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसी पछिल्लो अनसनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगेका छन् ।

डा. केसीले केही समयमा पत्रकार सम्मेलन गरी अनसन घोषणा गर्न लागेका छन् ।
डा केसीले खबरहबसँग भने, ‘मैले अनसन बस्ने ठाउँ भेटिसकेको छु, डडेल्धुरा अस्पतालको छेउमा रहेको निजी भवनमा आज ५ बजेदेखि अनसन शुरु गर्न लागेको छु ।’

डा. केसी डडेल्धुराको अस्पताल लाइनमा रहेको एउटा निजी क्लिनिकमा अनसन बस्न लागेका हुन् । डडेल्धुरा अस्पतालमै काम गर्ने निलकण्ठ भट्टले सञ्चालन गर्दै आएको निर्मल क्लिनिकमा केसीको अनसनका लागि व्यवस्थापन गरिएको जनाइएको छ ।

डा केसीका लागि क्लिनिकको दोस्रो तलमा व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : १९ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न