हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत फेला « Khabarhub

हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत फेला


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंबाट गएको नेपाली सेनाको उद्दार टोलीले शुरुङ भित्र फसेका ४ जनालाई मृत अवस्थामा फेला पारेको हो ।

शुरुङ परी मृत्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बुझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार ४ जना मजदुरहरु शुरुङको १३ सय मिटर भित्री क्षेत्रमा मृत फेला परेका हुन् ।

शुरुङ भित्र खसेको माटोमा पुरिएको अवस्थामा मृतकहरु फेला परेका डिएसपी बमले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना