बेलायती अभिनेत्री जोआन्ना लुम्ले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सद्भावना दूत « Khabarhub

बेलायती अभिनेत्री जोआन्ना लुम्ले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सद्भावना दूत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल सरकारले बेलायतकी चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गर्ने भएको छ ।

बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवर्द्धन गर्ने कार्यक्रमसँगै अभिनेत्री लुम्लेलाई पनि सद्भावना दूत नियुक्त गर्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत गइसकेका छन् ।

जोआन्ना लुम्लेले थुप्रै नाटक, टेलिभिजन श्रङ्खला तथा फिल्ममा अभिनय गरिसकेकी छिन् । ७३ वर्षीय लुम्ले अहिले पनि अभिनयमा सक्रिय छिन् । उनले आधा दर्जनभन्दा बढी पुस्तक लेखेकी छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा