गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो « Khabarhub

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सरकारले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए।

‘बालेन युगमा जान्छ भन्थे, ब्ल्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला, पार्ट थ्री कति समयमा पुग्ने हो?’, उनले लेखेका छन्।

उनले पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने दाबी गर्दै पूर्वाग्रह र प्रतिशोधको राजनीति उचित नभएको उल्लेख गरे।

‘पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन, जसलाई जेसुकै लागोस्,’ बास्कोटाले भनेका छन्।

सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएपछि राजनीतिक वृत्तमा प्रतिक्रिया आउने क्रम जारी छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ४१ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता