गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो « Khabarhub

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सरकारले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए।

‘बालेन युगमा जान्छ भन्थे, ब्ल्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला, पार्ट थ्री कति समयमा पुग्ने हो?’, उनले लेखेका छन्।

उनले पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने दाबी गर्दै पूर्वाग्रह र प्रतिशोधको राजनीति उचित नभएको उल्लेख गरे।

‘पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन, जसलाई जेसुकै लागोस्,’ बास्कोटाले भनेका छन्।

सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएपछि राजनीतिक वृत्तमा प्रतिक्रिया आउने क्रम जारी छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म