ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ « Khabarhub

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेकपा एमालेका नेता विष्णु रिमालले सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले उक्त पक्राउलाई निन्दनीय कार्यको संज्ञा दिएका छन्।

उनले सामान्यतः कुनै घटना भएपछि संलग्न व्यक्ति फरार हुन सक्ने वा प्रमाण नष्ट हुन सक्ने अवस्था भएमा मात्रै जरूरी पक्राउ पूर्जी जारी गरिने बताए।

‘कुनै घटना घट्यो, घटनामा संलग्न व्यक्ति फरार हुने वा प्रमाण नष्ट हुने अवस्थामा जरूरी पक्राउ पूर्जी जारी हुने हो। अहिले कुनै घटना घटेको छैन, त्यस्तो अवस्था पनि होइन,’ रिमालले उल्लेख गरेका छन्।

उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको भए पनि यो ‘जरूरी पक्राउ पूर्जी’ जारी गर्ने अवस्था नभएको दाबी गरे। ‘विषय मिलेन, प्रक्रिया पनि मिलेन, पक्राउ पूर्जी गैरकानुनी छ,’ उनले भने।

रिमालले सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाउँदै यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गरिने बताएका छन्।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएपछि विभिन्न राजनीतिक दलका नेताहरूको प्रतिक्रिया आउने क्रम जारी छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ५५ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता