कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत « Khabarhub

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता कर्णबहादुर थापाले विरोध जनाएका छन्।

थापाले पार्टी अध्यक्ष ओलीसँग पार्टीभित्र वैचारिक संघर्षको विवरण दिँदै पनि कार्की आयोगको प्रतिवेदनमा आधारित पक्राउ पूर्णतया गलत भएको बताए।

‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र उहाँलाई पार्टीभित्र मनपरि गर्न उकास्ने र गलत काममा सहयोग गर्ने पात्र र प्रवृत्तिसँग वैचारिक संघर्ष थियो, त्यो विधिसम्मत् रूपमा जारी रहनेछ’, उनलेे भनेका छन्, ‘तर कार्की आयोगको पूर्वाग्रह र प्रतिशोधमा आधारित प्रतिवेदनलाई आधार मानेर गरिएको गिरफ्तारी शतप्रतिशत गलत छ।’

थापाले बालेन सरकारको कदमलाई राज्य आतंकको रूपमा उल्लेख गर्दै सम्पूर्ण पार्टी पंक्तिले एकताबद्ध भएर विरोधमा उत्रनुपर्ने बताए।

उनले कार्की आयोगले फौजदारी संहिताको दफा १८१ र १८२ अनुसारको अभियोग लगाउने सिफारिस कानुनसम्मत नभएको र राजनीतिक व्यक्तिलाई अपराधी प्रमाणित गर्न नसकिने दाबी गरेका छन्।

उनले भने, ‘निरंकुशताको कालरात्रीमा दबाउन खोजिएका स्वतन्त्रताका आवाज सफल भएनन्। यस युगमा कुनै पनि खाले षड्यन्त्र र गैरकानुनी योजना सफल हुने छैन। संयमताका साथ, योजनावद्ध र बहादुरीसाथ अघि बढौं।’

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : २१ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन