एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी « Khabarhub

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकमाथिको पक्राउविरुद्ध दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गर्दै कानुनी ढंगबाट प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले आमजनसमुदाय, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै विरोधका कार्यक्रम अघि बढाउने निर्णय अनुसार  प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने भएको छ ।

एमालेले घटनाबारे भावी रणनीतिका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ भने संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् ।
यस्तै, कानुनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने छन् । समग्र जनपरिचालनको संयोजन भने केन्द्रीय कार्यालयले गर्ने बताइएको छ ।

एमालेले यस घटनाबाट कत्ति पनि विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढ्न पार्टीपंक्तिलाई आह्वान समेत गरेको छ । 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : १० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड