एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै « Khabarhub

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने भएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको पक्राउविरुद्ध जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

जनसंगठनहरुको आजको प्रदर्शन सबै जिल्लाका सदरमुकाम केन्द्रित हुने बताइएको छ । यस्तै, एमालेले चैत १५ गते मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

बालेन्द्र शाह नेतृत्वमा हिजो गठन भएको नयाँ सरकारले भदौमा भएको जेनजी आन्दोलन घटनामा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित छानबिन समिनिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय प्रति एमालेका २३ वटै जनसंगठनले हिजो नै विज्ञप्ति निकालेर अध्यक्ष ओलीलाई पक्राउ गरे प्रतिरोधमा उत्रने चेतावनी दिएका थिए ।

प्रहरीले ओलीलाई ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि आज बिहान उनकै निवास झक्तपुरको गुण्डुबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : ३९ बजे

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ