इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून « Khabarhub

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा भएको आक्रमणपछि कुनै पनि विकिरण जोखिम देखिएको छैन ।

निकायले इरानको जानकारीअनुसार केन्द्रीय क्षेत्रमा रहेको खोनदाबको भारी पानी उत्पादन केन्द्रमा आक्रमण भएको थियो । उक्त केन्द्रमा घोषणा गरिएको कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।

त्यस्तै, खुजेस्तान प्रान्तमा रहेको इस्पात उत्पादन गर्ने उद्योगमा पनि आक्रमण भएको जानकारी दिइएको छ । उक्त उद्योगमा औद्योगिक मापनका लागि बन्द रेडियोधर्मी स्रोतहरू प्रयोग गरिन्छ । निकायले उक्त स्थानबाट बाहिर कुनै विकिरण फैलिएको पुष्टि नभएको जनाएको छ।

यी आक्रमणहरू फागुन १६ गतेदेखि सुरु भएको अमेरिका–इजरायल–इरानबीचको करिब एक महिनादेखि जारी द्वन्द्वका क्रममा भएका हुन् । हालसम्म ती पक्षहरूबीच भीषण सङ्घर्ष जारी रहे पनि युद्धविरामतर्फ कुनै ठोस प्रगति भएको छैन ।
 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  २ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली