जम्मु-काश्मीरमा आतंकवाद पीडित परिवारलाई सरकारी नियुक्तिपत्र वितरण « Khabarhub

जम्मु-काश्मीरमा आतंकवाद पीडित परिवारलाई सरकारी नियुक्तिपत्र वितरण


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित जम्मु-काश्मीरमा आतंकवादबाट पीडित परिवारलाई सरकारी नियुक्तिपत्र वितरण गरिएको छ । उपराज्यपाल मनोज सिन्हाको नेतृत्वमा जम्मु कश्मीरमा ५० सरकारी नियुक्तिपत्र वितरण गरिएको हो ।

लामो समयदेखि हिंसाको मारमा परेका परिवारलाई रोजगारी दिएर सहयोग गर्ने यसको मुख्य उद्देश्य हो । यस घटनाप्रति ‘एसोसिएसन अफ टेरर भिक्टिम्स इन काश्मीर’ की अध्यक्ष तसलिमा अख्तरले खुसी व्यक्त गरेकी छिन् ।

उनले यस कदमबाट पीडित परिवारलाई सम्मान मिलेको उनको भनाइ छ । सामाजिक सञ्जाल एक्समार्फत उनले उपराज्यपाललाई बधाई दिँदै यो निर्णय न्याय र मर्यादाको प्रतीक बनेको बताइन् ।

अख्तरका अनुसार उनको संस्थाले लामो समयदेखि पीडितहरूको आवाज उठाउँदै आएको छ । पीडित परिवारले सरकारी रोजगारी पाएको देख्दा संस्थालाई ठूलो गर्व र भावनात्मक सन्तुष्टि मिलेको उनको भनाइ छ।

यसका साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहप्रति पनि आभार प्रकट गरेकी छिन् । यो पहलले निर्दोष मानिसहरूको बलिदानलाई देशले बिर्सेको छैन भन्ने बलियो सन्देश दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ०९ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल