वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना « Khabarhub

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि अघि बढाएको कदमको खुलेर सराहना गरेका छन्।

पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ को सिफारिस कार्यान्वयन गर्ने वाग्लेको प्रतिबद्धतालाई प्रशंसा गरेका हुन्।

उनले भने, ‘मैले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष ०८१-०८२ को बजेटमार्फत अर्थतन्त्रमा देखिएका दीर्घकालीन चुनौती समाधान गरी नयाँ चरणको आर्थिक सुधारको लक्ष्य हासिल गर्न आयोग गठनको घोषणा गरेको थिएँ।’

विगतमा निवर्तमान अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा गठन भएको उक्त आयोगले लगानी वृद्धि र अर्थतन्त्र सुधारमा बाधक १५ वटा ऐन र राजश्व अनुसन्धान विभाग खारेज गर्ने सुझाव दिएको थियो। नवनियुक्त अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गर्दै यी सुझाव कार्यान्वयन गर्ने निर्णय गरेका छन्।

पुनले आफू पूर्वअर्थमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा मुलुकको आर्थिक विकासका लागि सत्प्रयासमा सँधै साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ५ : ०५ बजे

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ