टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द « Khabarhub

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । 

आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।

आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार चीनतर्फका उडान रद्द गरेका छन् ।

आइतबार बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर रहेको अनुमान गरिएको थियो । आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन् ।

आँधी आइतबार अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । मौसमविद्हरूले आगामी केही दिनमा ती क्षेत्रमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन् । 

साङ्घाईको होङकियाओ र पुडोङ विमानस्थलले आइतबारका लागि निर्धारित करिब ६० प्रतिशत उडान रद्द गरेका छन् ।

झेजियाङको ताइझोउ सहरबाट शनिबार साँझसम्म करिब तीन लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । साङ्घाईका जोखिमयुक्त क्षेत्रबाट पनि ३० हजारभन्दा बढी मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

झेजियाङका अधिकारीहरूले फेरी, क्रुजलगायत जलयातायातका सबै गतिविधि स्थगित गरेका छन् । अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १ : ५३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका