टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द « Khabarhub

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । 

आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।

आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार चीनतर्फका उडान रद्द गरेका छन् ।

आइतबार बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर रहेको अनुमान गरिएको थियो । आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन् ।

आँधी आइतबार अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । मौसमविद्हरूले आगामी केही दिनमा ती क्षेत्रमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन् । 

साङ्घाईको होङकियाओ र पुडोङ विमानस्थलले आइतबारका लागि निर्धारित करिब ६० प्रतिशत उडान रद्द गरेका छन् ।

झेजियाङको ताइझोउ सहरबाट शनिबार साँझसम्म करिब तीन लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । साङ्घाईका जोखिमयुक्त क्षेत्रबाट पनि ३० हजारभन्दा बढी मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

झेजियाङका अधिकारीहरूले फेरी, क्रुजलगायत जलयातायातका सबै गतिविधि स्थगित गरेका छन् । अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १ : ५३ बजे

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले