अफगानिस्तानको अस्पतालमा पाकिस्तानले हवाई हमला गर्दा चार सय जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको अस्पतालमा पाकिस्तानले हवाई हमला गर्दा चार सय जनाको मृत्यु


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले अफगानिस्तानको अस्पतालमा हवाई हमला गर्दा चार सय जनाको ज्यान गएको छ । अफगानिस्तानमा शासन चलाउँदै आएको तालिबानले राजधानी काबुलको अस्पतालमा पाकिस्तानी हवाई आक्रमणबाट ४०० जनाको मृत्यु भएको जनाएको हो ।

यस घटनामा थप २५० जना घाइते भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ठूलो विस्फोट र आगोको मुस्लो देखिएको छ ।

काबुलको पूर्वी भेगमा रहेको ओमिद लागूऔषध उपचार केन्द्रमा आगलागी हुँदा उक्त भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भग्नावशेषमा अस्पतालका कर्मचारी र बिरामीहरूको शव छरिएको देखिन्छ ।

पाकिस्तानले भने अस्पतालमा जानाजानी आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । तालिबानको दाबीलाई ‘झुटो’ भन्दै पाकिस्तानले त्यहाँ भण्डारण गरिएको विष्फोटक पदार्थका कारण क्षति भएको बताएको छ ।

पाकिस्तानी पक्षका अनुसार आतंकवादी अखडा र हतियार भण्डारलाई निसाना बनाएर हमला गरिएको हो । संयुक्त राष्ट्रसंघका मानव अधिकार विशेषज्ञ रिचर्ड बेनेटले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दुवै देशलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेका छन् । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने अब कूटनीतिको समय सकिएको र यसको बदला लिने चेतावनी दिएका छन् ।

अघिल्लो अक्टोबरदेखि नै अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । पाकिस्तानले तालिबान सरकारलाई आफ्नो देशमा आक्रमण गर्ने आतंकवादीलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ५० बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक