संदिग्ध चिनियाँ जासुसलाई सहयोग गरेको आरोपमा अस्ट्रेलियामा एक जना दोषी ठहर « Khabarhub

संदिग्ध चिनियाँ जासुसलाई सहयोग गरेको आरोपमा अस्ट्रेलियामा एक जना दोषी ठहर


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाका एक व्यवसायी विदेशी हस्तक्षेपको मुद्दामा दोषी ठहरिएका छन् । ५९ वर्षीय अलेक्जेन्डर सेर्गोलाई सिड्नीको एउटा अदालतले शुक्रबार दोषी प्रमाणित गरेको हो ।

उनले चिनियाँ जासुस हुन सक्ने शङ्कास्पद व्यक्तिहरूलाई सहयोग गरेका थिए । यस कसुरमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ ।

सेर्गो सांघाईमा काम गरिरहेका बेला केन र इभलिन नामका दुई व्यक्तिले उनलाई पैसाको प्रलोभन देखाएका थिए । उनीहरूले अस्ट्रेलियाको राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी मागेका थिए ।

सेर्गोले उनीहरूलाई लिथियम खानी, फलाम खानी र सुरक्षा सम्झौताका विषयमा प्रतिवेदन बुझाएका थिए । ती प्रतिवेदनका बदलामा उनले खाममा राखेर हजारौँ डलर नगद बुझ्ने गर्दथे ।

सरकारी वकिलहरूका अनुसार ती भेटघाटहरू प्रायः खाली रेस्टुरेन्ट र क्याफेहरूमा हुने गर्दथे । सेर्गोले ती व्यक्तिहरू चिनियाँ गुप्तचर निकायका लागि काम गर्छन् भन्ने थाहा पाउँदापाउँदै पनि सूचना आदानप्रदान गरेको अदालतमा दाबी गरिएको छ ।

सन् २०२३ मा अस्ट्रेलिया फर्केपछि उनलाई बन्डीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा लागू भएको नयाँ जासुसी विरोधी कानुन अन्तर्गत दोषी ठहरिने उनी दोस्रो अस्ट्रेलियाली नागरिक हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ३६ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका