संदिग्ध चिनियाँ जासुसलाई सहयोग गरेको आरोपमा अस्ट्रेलियामा एक जना दोषी ठहर « Khabarhub

संदिग्ध चिनियाँ जासुसलाई सहयोग गरेको आरोपमा अस्ट्रेलियामा एक जना दोषी ठहर


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाका एक व्यवसायी विदेशी हस्तक्षेपको मुद्दामा दोषी ठहरिएका छन् । ५९ वर्षीय अलेक्जेन्डर सेर्गोलाई सिड्नीको एउटा अदालतले शुक्रबार दोषी प्रमाणित गरेको हो ।

उनले चिनियाँ जासुस हुन सक्ने शङ्कास्पद व्यक्तिहरूलाई सहयोग गरेका थिए । यस कसुरमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ ।

सेर्गो सांघाईमा काम गरिरहेका बेला केन र इभलिन नामका दुई व्यक्तिले उनलाई पैसाको प्रलोभन देखाएका थिए । उनीहरूले अस्ट्रेलियाको राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी मागेका थिए ।

सेर्गोले उनीहरूलाई लिथियम खानी, फलाम खानी र सुरक्षा सम्झौताका विषयमा प्रतिवेदन बुझाएका थिए । ती प्रतिवेदनका बदलामा उनले खाममा राखेर हजारौँ डलर नगद बुझ्ने गर्दथे ।

सरकारी वकिलहरूका अनुसार ती भेटघाटहरू प्रायः खाली रेस्टुरेन्ट र क्याफेहरूमा हुने गर्दथे । सेर्गोले ती व्यक्तिहरू चिनियाँ गुप्तचर निकायका लागि काम गर्छन् भन्ने थाहा पाउँदापाउँदै पनि सूचना आदानप्रदान गरेको अदालतमा दाबी गरिएको छ ।

सन् २०२३ मा अस्ट्रेलिया फर्केपछि उनलाई बन्डीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा लागू भएको नयाँ जासुसी विरोधी कानुन अन्तर्गत दोषी ठहरिने उनी दोस्रो अस्ट्रेलियाली नागरिक हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ३६ बजे

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई