भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने « Khabarhub

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

२०४८ सालयता सार्वजनिक पदमा पुगेका नेता-कर्मचारीको सम्पत्ति खोजिने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस निर्णयहरू सार्वजनिक गरेको छ।

शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण’ शीर्षकअन्तर्गत कडा कदमहरू अघि बढाउने निर्णय गरेको हो।

‘सरकारले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत अधिकारसम्पन्न ‘सम्पत्ति छानबिन समिति’ गठन गर्ने निर्णय गरेको छ’, अगाडि भनिएको छ ।

यस्तो छ सरकारको निर्णय

अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत अधिकारसम्पन्न ‘सम्पत्ति छानबिन समिति’ गठन गर्ने,
समिति कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञसहित गठन हुने,
कागजात सङ्कलन, विश्लेषण र सिफारिस गर्ने अधिकार प्रदान गरिने,

पहिलो चरण : वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पदमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च कर्मचारीको सम्पत्ति छानबिन,
दोस्रो चरण: वि.सं. २०४८ देखि २०६१/६२ सम्मको अवधि छानबिन,
छानबिन प्रमाणमा आधारित र पारदर्शी बनाइने
प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइने,

राष्ट्रिय सतर्कता केन्द्र पुनर्संरचना

राष्ट्रिय सतर्कता केन्द्र को पुनर्संरचना योजना ३० दिनभित्र तयार गरी कार्यान्वयनमा ल्याइने निर्णय भएको छ।

डिजिटल सम्पत्ति लगत प्रणाली स्थापना

नेपाल राष्ट्र बैंक ले १०० दिनभित्र ‘इन्टिग्रेटेड डिजिटल एसेस्ट रजिस्ट्री’ स्थापना गर्ने

बैंक खाता, डिजिटल वालेट, शेयर लगानी समेटिने,
रिस्क बेस्ड रेड फ्लाग प्रणाली लागू हुने,
सन्देहास्पद कारोबार स्वचालित पहिचान गरिने,

भ्रष्टाचारविरुद्ध राष्ट्रिय कार्ययोजना :

संयुक्त राष्ट्रसंघ को भ्रष्टाचारविरुद्धको सन्धिअनुसार १५ दिनभित्र दोस्रो राष्ट्रिय कार्ययोजना जारी गरिने।

आगामी ३० दिनभित्र राष्ट्रिय सदाचार नीति जारी गरिने :

सम्बन्धित कानुन तर्जुमा र संशोधन प्रक्रिया अघि बढाइने,

सरकारले यी निर्णयहरू भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउने दीर्घकालीन सुधारको हिस्सा भएको जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ५० बजे

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालेन सरकारको स्वास्थ्य बजेट

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब

महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र