बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने « Khabarhub

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ ।

शासकीय सुधारका लागि तय गरिएको १०० बुँदे कार्ययोजनाअन्तर्गत शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र शैक्षिक गुणस्तरमा गिरावट रोक्ने उद्देश्यले यस्तो कदम चालिएको हो । दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल वा ‘भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली स्थापना गरिने सरकारी योजना अनुसार पहिलो ९० दिनभित्र कार्यान्वयनमा आउनेछ ।

विश्वविद्यालयहरूले स्नातक र स्नातकोत्तर तहका परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेको क्यालेन्डरअनुसार सार्वजनिक गर्नेछन् । त्यसैगरी, विद्यार्थीहरूले स्नातक तहसम्म अध्ययन गर्न नागरिकताको प्रमाणपत्र आवश्यक नपर्ने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधि तयार गर्ने निर्णय पनि सरकारले गरेको छ।

अन्तिममा, कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा आगामी शैक्षिक सत्रदेखि बन्द गरिनेछ। सरकारका अनुसार, ‘विद्यार्थीमाथि मनोवैज्ञानिक दबाव नपर्ने मूल्याङ्कन प्रणालीको विकल्प तयार पारिने’ योजना बनाइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : २३ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर