प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग « Khabarhub

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको परीक्षण गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद साम्पाङले देशको समग्र स्वास्थ्य र सुशासनका लागि राज्यका उच्च पदस्थको यस्तो परीक्षण अनिवार्य रहेको तर्क गरेका हुन् ।

“प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीको मापसे र लापसे चेकजाँच दैनिक गरिनु पर्दछ । सांसदको पनि गर्नुपर्छ,” उनले लेखेका छन्, “देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।”

सार्वजनिक पद धारण गरेका व्यक्तिले संवेदनशिल निर्णय गर्ने हुनाले उनीहरूको शारीरिक र मानसिक अवस्था सन्तुलित हुनुपर्नेमा उनले जोड दिएका हुन् । साम्पाङ पछिल्लो समय सामाजिक सञ्जालमार्फत शासकीय सुधार र अनुशासनका विषयमा धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : २६ बजे

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल